गृहपृष्ठ नेपाल सुपर लिग : ललितपुर सिटी फुटबल क्लब र वीरगन्ज युनाइटेड क्लब बराबरीमा रोकिए
नेपाल सुपर लिग : ललितपुर सिटी फुटबल क्लब र वीरगन्ज युनाइटेड क्लब बराबरीमा रोकिए
काठमाडौं । ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा खेले ।
यो ललितपुरको लगातार तेस्रो बराबरी हो । आजको बराबरीसँगै ललितपुरले अंक तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमायो । वीरगन्जका लागि विलियम ओपोकु र कृपाकान्त चौधरी तथा ललितपुरका इमोन इकेजे र निखिलले गोल गरे ।






