२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026

गृहपृष्ठ गीत–सङ्गीतमा तीजको माहोल सुरु “मै नाच्छु छमछमी” गीतले दर्शकको मन जित्दै

गीत–सङ्गीतमा तीजको माहोल सुरु “मै नाच्छु छमछमी” गीतले दर्शकको मन जित्दै

तिलोत्तमा । तीज पर्व नजिकिँदै गर्दा नेपाली गीत–सङ्गीतको बजारमा तीजका नयाँ तथा मौलिक सिर्जनाहरू सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा  डा. विष्णुमूर्ति भट्टराईको शब्द, तेजप्रसाद पाण्डेयको सङ्गीत तथा चर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको तीज गीत “मै नाच्छु छमछमी” सार्वजनिक भएको छ सार्बजनिक भएसंगै गीतले एक हप्ता नपुग्दै करिब एक लाख पचास हजार पटक युट्युबमा दर्शक श्रोताको नजर परिसकेको छ ।

सागर बाजुरेलीको सङ्गीत संयोजन रहेको गीतमा मौलिक  शब्द तथा तीजको उत्साह झल्काउने मिठो सङ्गीत सुन्न सकिन्छ। गीतको सङ्गीत संयोजनले श्रोतालाई नाचौँ–नाचौँ बनाउने किसिमको ऊर्जा र मिठास प्रदान गरेको छ। मुकेश नेपालीको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा जुनु यश डी, पार्वती श्रेष्ठ र रचना न्यौपानेको विशेष अभिनय तथा नृत्य रहेको छ। कलाकारहरूको नृत्य कौशल र भिडियोको प्रस्तुतिले गीतलाई तीजको रमाइलो वातावरणसँग जोड्ने प्रयास गरेको देखिन्छ।

गीतको भिडियोमा देखाइएको कलात्मक परिकल्पना र प्रस्तुतिलाई निर्देशक मुकेश नेपालीको सिर्जनात्मक निर्देशनले थप प्रभावकारी बनाएको छ। गीत, सङ्गीत, स्वर, नृत्य र भिडियो निर्देशनको संयोजनले दर्शक–श्रोताका लागि मनोरञ्जनात्मक तीज कोसेलीका रूपमा गीतलाई प्रस्तुत गरेको छ।

“मै नाच्छु छमछमी” डा. भट्टराईको आफ्नै YouTube च्यानलमार्फत सार्वजनिक गरिएको हो। तीजको उमङ्ग, नेपाली मौलिकता र नृत्यको उत्साह बोकेको यस गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीतका सम्पूर्ण सर्जक, कलाकार तथा प्राविधिक टोलीलाई सफलताको हार्दिक शुभकामना। “मै नाच्छु छमछमी”ले तीजको रौनक अझै बढाओस्—शुभकामना!

भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार