२०८३ साउन २९ गते शुक्रवार | August 14, 2026

गृहपृष्ठ दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा हुने

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा हुने

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले प्रतियोगिताको मिति र स्थान तय गरेको हो।

राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। बैठकले २०औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरूको नामावलीसमेत अनुमोदन गरेको छ।

बैठकमा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सम्बन्धित सबै पक्ष एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो। बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विभिन्न विषय प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार