गृहपृष्ठ स्याङ्जा कालीगण्डकीका युवा व्यावसायिक कृषिमा अभ्यस्त
स्याङ्जा कालीगण्डकीका युवा व्यावसायिक कृषिमा अभ्यस्त
कालीगण्डकी गाउँपालिका – ३ सटुकाका स्थानीय व्यावसायिक कृषिमा आकर्षित भएका छन्।
सटुका निवासी स्थानीय युवा ठाकुर पाण्डेय यसका उदाहरण हुन् । पाण्डेयले अहिले बजारमा पठाउन योग्य लोकल अर्गानिक टमाटर उत्पादन गर्नु भएको छ। टमाटर र तरकारीको साथमा पाण्डेयले लोकल कुखुराको पनि पालन गर्दै आउनुभएको छ। रु २०००००/- दुई लाख रुपैयाँ लागतमा कुखुराको खोर र टमाटर लगायत अन्य नगदे तरकारी खेतीका लागि टनेल निर्माण गरेको पाण्डेयले बताउनुभयो।
स्थानीय बजारको मागलाई मध्यनजर गर्दै पाण्डेयले गाउँमा नै व्यापार व्यावसाय र कृषि गर्नु भएको हो।
विदेशीनु मात्रै समाधान नभएर आफ्नै गाउँमा इलम गर्नु पनि स्वरोजगारको माध्याम भएको बताउनुहुन्छ पाण्डेयले। हाललाई टमाटर प्रतिकिलो ९० रुपैयाँ र कुखुरा प्रति केजी रु ७०० रुपैयाँ ( जिउँदो ) रहेको छ। यद्यपि कुखुरा भने नजिकिंदै गरेको बडा दशैंमा पुर्ण रूपमा खानयोग्य हुने बताउनुभएको छ। गाउँमा नै केहि गर्छु भन्ने मेहनती युवा किसानहरूलाई गाउँपालिकाले पनि उचित ध्यानाकर्षणका साथ आवश्यक प्राविधिक सल्लाह र अनुदानको व्यावस्था गर्नुका साथै उत्पादनको उचित मुल्य र बजारको व्यावस्था गर्दिएमा युवा किसानहरूले राहत महशुस गर्नेथिए।
अर्डरका लागि : फोन नं 9867260370 – ठाकुर पाण्डेयलाई संपर्क गर्नसक्नुहुनेछ ।








