गृहपृष्ठ अर्घाखाँचीका कृषक पनि धानबाली भित्र्याउने चटारोमा
अर्घाखाँचीका कृषक पनि धानबाली भित्र्याउने चटारोमा
तस्बिर – राम अधिकारी
अहिले यो समयमा देशैभरका किसान धानबाली सिहार्ने चटारोमा रहेका छन । वर्ष भरि खाने अन्न भएकाले पनि धान खेति अन्य खेति भन्दा अझ बढी महत्वपुर्ण मान्ने गरिन्छ । नेपाल यसै पनि कृषि प्रधान देश भएका कारण पनि खेतिपातिलाई महत्वपुर्ण रुपमा लिने गरिन्छ ।
देशै भरका किसानहरु ब्यस्त भएका बेला अर्घाखाँचीका किसान पनि यतिबेला धानबाली सिहार्न कसिएर लागि परेका छन । बर्ष भरि पुग्ने अन्न भित्र्याउन किसान कसिएर लागेको सहकर्मी रामु अधिकारीले जानकारी दिनुभयो । स्थानीय बिष्णु प्रसाद मरासिनीका अनुसार गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा कमी आएको बताउनु भयो धान फुल्ने बेलामा पानी आइदिनाले यस्तो आबस्था आएको उहाँले बताउनुभयो ।
समय र परिस्थिथि परिमार्जन हुदै जाँदा अहिले कृषिमा विभिन्न प्रबिधि भित्रिएको छ तर पनि पहाडी भेगमा अझै पुरानै तरिकाबाट कृषि हुने गरेको छ । यी विकसित प्रविधिका कारण अहिले सहरमा बस्ने युवा युवती र बालबच्चाले पहिलेको तरिका देख्न पाएका छैनन तर अझै पनि हामी पहाडी भेग अर्घाखाँची तिर गइयो भने ती प्रबिधि हामी अझै पनि अबलोकन गर्न सक्दछौ । पहिला प्रयोगमा आउने औजार अहिले मात्र किताबमा सिमित रहेका छन । पहिला खेतिपाती गर्दा हलो,जुवा ,खोक , फरुवा जस्ता औजार प्रयोगमा आउथे अहिले हामी तराई भेगमा र पहाडका सम्मो र बाटो पुगेका ठाउँमा कृषिमा ट्रयाक्टर प्रयोग हुने हुनाले यी कुनै पनि औजार प्रयोग आएको देख्न पाउदैनौ । एक स्थानीयले भन्नुभयो अहिले त धेरै काम मेशिनबाट हुन थाले कस्ले धेरै दुख गर्छर पहिला जस्तो मलाई अझै झझल्को आउछ भोलि दाहि लगाउने हो भन्दा अर्को दिन परालमा लडिबुडी खेल्ने आसमा रातभर ननिदाएका ती पल सम्झदा अहिले पनि निकै रमाइलो लाग्छ तर अहिलेका शहरिया युवा पुस्तालाई सायद दाहि भनेको के हो यो कसरि गरिन्छ भन्ने कुरा बिरलै युवा पुस्तालाई थाहा होला ।
यसर्थ हामी ती पुराना रिति र प्रविधिको जगेर्ना गरौ ताकी हाम्रा बालबच्चाले ती कुरा किताबमा मात्र नपढुन केहि हदसम्म भएपनि अनुभब गर्न पाउन र कम्तिमा हामी सचेत अभिभावकले यी प्रचलन बारे जानकारी दिउ जसकारण यी रिति परापुर्ब कालसम्म रहिरहने छ ।





