गृहपृष्ठ ललितपुरमा कब्बडी (कपर्दी) प्रतियोगिता सुरु
ललितपुरमा कब्बडी (कपर्दी) प्रतियोगिता सुरु
पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा नं. ४ ललितपुरमा गाउले कब्बडी ( कपर्दी) प्रतियोगिता सुरु भएको छ । स्वास्थको लागी खेलकुद , रास्ट्रको लागी खेलकुदको भन्ने मुल नाराका साथ विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसर पारी शिवशक्ति युवा क्लब द्वारा आयोजित गाउले कब्बडी (कपर्दी ) प्रतियोगिता शिव शक्ति युवा क्लबको अध्यक्ष दिपेसको अध्यक्ष्यता तथा सरावल गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिनेश सहानीको प्रमुख आतिथ्यता , सरावल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, नेकपा नेता सुखाडी प्रसाद चौधरीको विशिष्ट आतिथ्यता तथा समाजसेवी सुरेश यादव , श्रीराम ,पत्रकार ग्यानेश्वर सहानिको अतिथिक्ता तथा स्थानीय खेलाडी लगायतको उपस्थितिमा उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ ।


प्रतियोगिता आज देखि सुरु भइ लगातार ५ दिन सम्म चल्ने तथा २५ भन्दा बढी टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार सरावल गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिनेश सहानीद्वारा उपलब्ध गराउने , दितिय पुरस्कार नेकपा नेता सुखाडी प्रसाद चौधरी तथा तृतीय पुरस्कार समाजसेवी सुरेश यादवले सहयोग गर्नु भएको छ ।






