अछाम,१३ पौष। अछामकाे चौरपाटी गाउँपालिकामा बाँझो रहेका जग्गा उपयोग गर्न गाउँपालिकाले कोदोसँग चामल साट्ने अभियान चलाएकाे छ । याे अभियानबाट गाउँपालिकाले २२ क्विन्टल कोदाे संकलन गरेकाे छ । संकलन गरेकाे काेदाेबाट बेर्ना उमारेर बाँझाे जमिनमा लगाउने गाउँपालिकाकाे याेजना छ ।