२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ अखिल नेपाल किसान महासंघले मनायो धान दिवस

अखिल नेपाल किसान महासंघले मनायो धान दिवस

भैरहवा, १५ असार । अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरले भैरहवामा धान दिवस मनाएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा अखिल नेपाल किसान महासंघको आयोजनामा स्थानीय किसानहरुले रोपाइँ गरेको अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरका अध्यक्ष कमल पोख्रेलले जानकारी दिए ।

नेकपा एमाले प्रदेश सदस्य राजेन्द्र प्रसाद पन्थीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य लक्ष्मी कोइराला, रूपन्देही जिल्ला उप सचिब हितराज पन्थी, जिल्ला सदस्य उत्तम कुमार श्रेष्ठ, जिल्ला सदस्य दिल कुमारी कुवंर, जिल्ला सदस्य हरिश्चन्द्र बिश्वकर्मा, जिल्ला सदस्य डिजाइन थापा, जिल्ला सदस्य उमा अधिकारी, नेकपा एमाले नगर अध्यक्ष चक्र बहादुर थापा लगायतको उपस्थित रहेको अखिल नेपाल किसान महासंघ प्रदेश सदस्य लक्ष्मी खनालले जानकारी दिइन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार