२०८२ चैत २१ गते शनिवार | April 04, 2026

गृहपृष्ठ मुद्रण उद्योग संघ रुपदेन्ही र नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

मुद्रण उद्योग संघ रुपदेन्ही र नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । रगतको अत्याधिक अभाव भएको अवस्थामा मुद्रण उद्योग संघ रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको संयुक्त आयोजनामा रक्तसञ्चार सेवा केन्द्र, बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देही जिल्ला भित्र रहेका मुद्रण (छापाखाना) व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको मुद्रण उद्योग संघ रुपन्देहीले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । आज सम्पन्न उक्त रक्तदानका कार्यक्रममा ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । मुद्रण उद्योग संघ रुपन्देहीको अध्यक्ष लिलाधर लुइटेलको अध्यक्षता, नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसालको स्वागत मन्तव्य तथा मुद्रण उद्योग संघ रुपदेन्हीका सचिव र नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखामा महासचिव सागर पाठकको सञ्चालनमा भएको उक्त कार्यक्रममा मुद्रण उद्योग संघ रुपन्देहीका उपाध्यक्ष पशुपति पौडेल शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय महासचिव तथा रुपन्देही जिल्ला अध्यक्ष, कृष्ण चौहान क्षेत्रीले विभिन्न संस्थाहरु यसै गरी रक्तदान कार्यक्रममा जुट्दै गएमा रगतको अभावले कसैको ज्यान जानु नपर्ने भन्दै आगामी दिनमा समेत मुद्रण उद्योग संघले निरन्तर कार्यक्रमहरु राख्ने विश्वास जनाउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार