गृहपृष्ठ कोरोना अस्पताल बुटवलमा एक संक्रमित पुरुषको मृत्यु
कोरोना अस्पताल बुटवलमा एक संक्रमित पुरुषको मृत्यु
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गत असोज १२ गते स्वास्थ्यमा समस्या भई पिसिआर जांच गराउंदा पोजेटिभ देखिएका बुटवल ८, सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधवार राति ११ ः ३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । मृतक १२ गते पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्यमा थप समस्या आएपछि बुधवार कोरोना अस्पतालको आइसियुमा ल्याइएको थियो । मृतकमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो । योसंगै अस्पतालमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।





