गृहपृष्ठ मुम्बई र पन्जाब दोस्रो जितको खोजीमा मैदान उत्रदै
मुम्बई र पन्जाब दोस्रो जितको खोजीमा मैदान उत्रदै
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्वान्टी क्रिकेटमा आज ९बिहीबार० साविक विजेता मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा मुम्बई र पन्जाब आफ्नो चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । मुम्बई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ ।
जायद स्टेडियममा मैदान उत्रदा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा दुई टोलीले एक जित र दुई हार व्यहोरेका थिए ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पन्जाबलाई सहजै हराउन चाहन्छ ।
तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने छैन ।पन्जाब पनि साविक विजेताविरुद्ध जित निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।तर, तेस्रो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो । मुम्बई ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।यता, पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो ।
तर, दोस्रो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पन्जाबलाई राजस्थान रोयल्सले ४ विकेटले हराएको थियो ।पन्जाब ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
दुई टिमबीचको पछिल्लो पाँच भेटमा मुम्बई बलियो देखिएको छ । गत वर्ष भएको दुई भेटमा भने दुबैले एक एक जित निकालेका थिए ।गत वर्ष पहिलो खेलमा मुम्बईलाई पन्जाबले ८ विकेटले हराएको थियो । दोस्रो खेलमा मुम्बई ३ विकेटले विजयी भएको थियो ।






