गृहपृष्ठ बुटवलमा ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवलमा ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
रुपन्देहीको बुटवलमा सुनवलका एक संक्रमित पुरुषको मृत्यु भएको छ । । नवलपरासी पश्चिमको सुनवल ४ का ७७ वर्षीय पुरुषको बुधवार बिहान कोरोना विशेष अस्पताल लैजाने क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । गत असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा भर्ना गरी रगत चढाईएका उनलाई थप समस्या भएपछि उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो । त्यहां गरिएको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि फिभर क्लिनिकमा उपचार गरिएको थियो । उनलाई राति थप समस्या भएपछि कोरोना अस्पताल लैजांदै गर्दा मृत्यु भएको डा गौतमले जनाए । मृतकमा मुटुरोग को समस्या थियो ।





