२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ कविता – अनिकाल

कविता – अनिकाल

भत्केका मान्छे

छरपस्ट योग्यताको उपहास

चचाहुईको लहर

सयझड्का नमच्चिने पिङ

कति सिपालु

बुझपचाउने अभ्यासमा मग्न

पुस्तौंदेखिका भोका

हात छिराउँदै ढुकुटीमा

योजनाभरि प्वाल

कानुनमा छिद्रै छिद्र गन्तव्यहीन यात्री

यी नअघाउने भत्खरु

अभावी पीडा

छट्पटी खपतमा जनता

सत्ताको स्वाद भागबिलामा व्यस्त शासक

वाक्युद्ध घम्साघम्सी

सडक-सडकमा भोक

मन्त्री मन्त्रालय अस्तव्यस्त यो छिनाझम्टी

सालासालीको भीड थुप्रियो

बिडम्बना यहाँ

विना गोलरक्षक बल छिराउने दाउ

खडेरीमा नैतिकता

अनिकाल भोग्दै

इमान विलासप्रेमी मान्छे

निमोठ्दै जनताको घाँटी ?

 

-छायादत्त न्यौपाने

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार