गृहपृष्ठ स्वार्थी नसम्झ
स्वार्थी नसम्झ
ए ! फूल
सुन्दर फूल न पर्यौ तिमी
तिमीमा नजर गाड्ने
म एक्लो कहाँ होर ?
यो दुनिँयाको नजर नै तिमीमा छ,
कोही तिम्रो सुवासिलो पराग चुस्न चाहाने,
कोही सेरचन गर्न चाहाने त कोही जिस्काउने मात्र
छ त कोही तिम्रो अस्मिता लुरेटा ।
तर,
म साँचो भन्छु
र कसमपनि खान्छु
म अरुजस्तो हुँदै होइन कदाचित होइन ।
बरु,
मेरो दिलको गमलामा
तिमीलाई रोपेर माली बन्न चाहान्छु
सारा मेरो जीवन तिमीमा समर्पित गरी,
सधैभरी जलमल गरेर हुर्काउन चाहान्छु
त्यो पनि आफ्नै लागि,
अझ यसो भनौ मेरैलागि ।
भनिन्छ नि !
मालीले त अरुकैलागि फूल रोप्छ,
गोडमेल गर्छ,
हुर्काउछ र फूलाउँछ
तर,
मैले तिमीलाई पनि उखेलेर ल्याउने नै हो,
आफ्नोलागि मेरो बनाउनलाई
कृपया स्वार्थी नसम्झनु मलाई,
मसँगै तिमी भयौ भने हुने छ भलाई ।
मेरो दिलको गमलामा तिमी नै रोप्न मन छ
अब म तिम्रै मालिक बन्न मन छ
केवल तिम्रै ।