गृहपृष्ठ कविता – आत्महत्या
कविता – आत्महत्या
बास सास थियो र तिनीहरुलाई लागेको थियो म ज्युदो छु
जब घाटिमा पासो थियो सासले जबर्जस्ती बाच्न खोज्दै थियो
तब मलाई लाग्यो म जीउँदै रैछु
सायद म भाग्यको पनि मानी हो
दुख, हार, ठक्कर मेरो आम्दानी हो
तिमीलाई पढ्दा लाग्ला आफ्नै जस्तै माफ गर्नु यो मेरो मात्रै कहानी हो ।।
सुरुमा मैले मलाई मारेको हो
त्यसैले म आफ्नै हत्यारा हो
म आफै कैदि बसेको हो
म आफै न्यायाधीश बसेको हो
जबसम्म म आफ्नै छुटकारा पाउदिन तबसम्म म छुट्ने सम्भावना हुँदैन
अब बाकी भनेकै यहि सास हो जो चलिरहन्छ जहिलेसम्म म रोकिदैन ।।
कसरी नभन्नू आखाले आँसु झारेको थिएन
पछ्यार्दै, पिट्दै मलाई सुध्रारेको थिएन
पिर पर्ने मान्छे दु:ख पर्ने मान्छे म मात्रै हो
यहि सोचाइले मलाई झन्नै मारेको थिएन
जब म बाच्न चाहे यो समाजले यी नियमले मलाई बाच्नै दिएन
दिनेलेत पुरै जिन्दगी दिएको थियो
के गर्नु आफुसङ हिम्मत थिएन साहस थिएन ।। ।
म पढाईमा ठिकै भएपनी सिपमा दक्षता थिए
शिरमा आशीर्वाद निधारमा अक्षता थिए
सानो झुपडी थियो बाआमा थिए म थिए
यो सबै दिएका तिनैले थिए
नमिलेको शान्ति थियो, नमिलेको सरकार थियो
मिलेजस्तै देखाउने संसद भवन थियो
भवनभित्र ५०१ / ६०१ टाउका थिए
टाउकाभित्र १ प्रतिशत बुद्धि थिएन
फेरिपनी तिनैले देश चलाएका थिए ।।
अब सोध्नुस् आत्महत्या किन गर्नुभयो ?
उमेर थियो जोस थियो तपाईं किन मर्नुभयो
हेर्नुहोस् हात नभएका बाचेका छन खुट्टा नभएका बाचेका छन आँखा नभएका बाचेका छन्
मर्दै हुनुहुन्छ यो पक्का हो तपाई हिम्मत नभएको पर्नुभयो
ईश्वर पृथ्वीमा हिम्मत हुनेले मात्रै राजनीति गर्छन्
बाकी जनता पिरमा पर्छन् अनि म जस्तै मर्छन
म त एक वर्तमान परिथितिको नमूना मात्रै हो
मैले भन्दा पहिले धेरैले आत्महत्या गरिसकेका छन् ।।।।
म मरिसकेको छु हेर्नुस् मेरा बारेमा आवाज बोलिएका छन् लेखिएका छन
न्यायलय चुप छ प्रमाण भेटिएका छन्
कसैले गाली गरेका छन् कसैले कठै भनेका छन् ।
ईश्वर यी मान्छेहरु हिजो म सङ बोलेका भए सायद
म जस्ताहरुले आज आत्महत्या गर्दैन्थ्ये
म अरु गर्दागर्दै गर्न नसकेर आफ्नै हत्या गरेको हो
म आठ बर्षकि हुँदा मलाई थाहा थियो जन्म र मुत्यु
मैले बनाएको होईन
ईश्वर आज म तिम्रै अगाडि छु तिमिले बनाएको दुनियाँमा म बाच्न सकिन ।।
मैले जिवनको अर्थ नबुझेकि थिइन यति हो
नवरस भित्र आफुलाई बाध्न सकिन
सात रङ भित्र आफुलाई पाउन सकिन
पंक्ति, हरफ, सेयर, अशंमा आफुलाई लेख्न सकिन
सके त केबल आफैसङ हार्न सके त केबल आफैलाई बिगार्न
दुईदिने जिन्दगी भनेर आफुलाई बचाउन सकिन।
आखिर खेल रहेछ जिन्दगी जित्ने चक्करमा आफै रित्तिएको पत्तै हुदोरहेनछ ।।
✍️ सन्जिला बिश्वकर्मा, मालारानी-४, अर्घाखाँची, नेपाल