२०८३ असोज १२ गते सोमवार | September 28, 2026

गृहपृष्ठ के बिराएको रहेछु मैले…..

के बिराएको रहेछु मैले…..

के बिराएको रहेछु मैले परे म भुमरीमा
खोलामा बाढी आयो यही साँझमा
जिउन गाह्रो भएको छ मनमा पिडा बोकी
हाँस्न पनि सकिएन मनको इच्छा बाँधी

भगवान्को उपहार  हो यो मनुष्य जीवन
जन्म लियौ यो माटोमा सकौँ मिलेर बस्न
मनका विचार व्यक्त गर्नेछौ मायालु शब्दमा
दुई मुटुको मिलनको समयमा देखियो हाम्रो माया

समय माग्छु तिम्रो सामु रोएर बस्न
खोजेको थिए तर सकिएन एक्लै हिँड्न
कसरी हिँड्ने घाउ भएको छ पैतलामा
के बिराएको रहेछु मैले परे म भुमरीमा

गोबिन्द राज ओझा (राजन) दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार