गृहपृष्ठ डा. बिष्णुमुर्ती भट्टराईको शब्द, चर्चित गायक प्रमोद खरेलको आवाज रहेको आधुनिक गीत “बिर्सनु कसरी” गीत सार्बजनिक
डा. बिष्णुमुर्ती भट्टराईको शब्द, चर्चित गायक प्रमोद खरेलको आवाज रहेको आधुनिक गीत “बिर्सनु कसरी” गीत सार्बजनिक
बुटवल । डा. बिष्णुमुर्ती भट्टराईको शब्द, चर्चित गायक प्रमोद खरेलको आवाज र श्रीधर अधिकारीको संगीतमा रहेको आधुनिक गीत “बिर्सनु कसरी” गीत सार्बजनिक भएको छ । गीतमा शिवमुर्ती, रामु, गौरी र दिपेसको अभिनय देख्न सकिन्छ। “बिर्सनु कसरी” गीतलाई रचनाकार भट्टराई स्वयम् आफैले निर्देशन गरेका छन भने म्युजिक भिडियोको छायांकन सुनिल बिश्वकर्माको रहेको छ भने सम्पादन सुजन कोइरालाको रहेको छ।
पेशाले सल्यचिकित्सक रहेका डा.बिष्णुमुर्ती भट्टराईको विशेष रुचि गीत लेखन भएपनि पछिल्लो समय आफ्नो केहि रचनामा आफै अभिनय पनि गर्दै आएका उनीले यसै गीतबाट निर्देशनमा पनि पाइला चालेका छ्न। केहि समय अघि मात्र उनकै रचनामा “बिर्सनु कसरी” गीत एलिना चौहानको आवाजमा फिमेल भर्सन गीत बजारमा आएको थियो जुन गीतले दर्शक स्रोताको निकै राम्रो माया पाउन सफल भएको थियो। “बिर्सनु कसरी” गीत गीतकार भट्टराईको आफ्नै Official YouTube Channel Dr. Bishnu Murti Bhattarai बाट बजारमा आएको छ। गीतको पूर्ण रुपमा सफलताको सम्पूर्ण टिमलाइ हाम्रो तर्फबाट धेरै शुभकामना ।
हेर्नुहोस् गीतको पुरा भिडियो :