२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ शसस्त्र प्रहरीका एक हवल्दारकोनै भेटियो बोर्डरमा सामान ओसापोसारमा संलग्नता

शसस्त्र प्रहरीका एक हवल्दारकोनै भेटियो बोर्डरमा सामान ओसापोसारमा संलग्नता

बोर्डर चेक पोस्टमा खटिएका शस्त्र प्रहरीले नै सामान ओसारपोसार गर्ने गरेको तथ्य फेला परेको छ। बिश्व महामारीको मौका छोपेर प्रहरीले यस्तो अबैध र गैरजिम्मेवार काम गर्न लागेका हुन्। शस्त्र प्रहरीका वरिष्ठ हवलदार राज कुमार यादवले बिगत १० बर्ष देखि सादा पोसाक प्रहरीमा कार्यरत रहेका छन् ।

बोर्डर सुरक्षाको लागि खटिएको प्रहरीले झन सुरक्षा गर्नुको ठाँउमा उनले ठिक उल्टो गरिरहेका छन्। सप्तरी जिल्लामा खटिएको सादा पोसाकको प्रहरीको कर्तुत  यस्तो देखिएको हो । उनको दरबन्दी  ७ नम्बर गणमा रहे पनि उनि सप्तरी जिल्लामा सादा पोसाक प्रहरीको काम गर्ने गरेका छन्। सशस्त्र प्रहरीका वरिष्ठ हवलदार नै सामान ओसारपोसार गर्न लागे पछि सर्बसाधारणले के गर्लान भन्ने स्थानीयको गुनासो गरेका छन ।

शसस्त्र प्रहरीको वरिष्ठ हवल्दार जस्ता रक्षकमानै यस्तो बेतिथी भेटिएपछि राज्यले कस्तो बेथिति खेप्नुपर्ला सशस्त्र प्रहरीका माथिल्लो तहका  सरोकारवालाहरुनै  किन मौन रहेका छन् । वरिष्ठ प्रहरी हवलदार यादवलाई छिटो भन्दा छिटो कार्बाहि होस् भन्ने माग स्थानीयहरुको रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार