अति आवश्यक काम नपरि घरबाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला हुन तथा भोजभतेर नगर्न, घरमै बसेर दशैं मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।
यदि कसैले सूचनाको अबज्ञा वा उल्लंघन गर्ने उपर संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानूनी कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।





