२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ सिरहा नबराजपुर गाउँपालिकामा पत्रकारसंग शुभकामना आदानप्रदान कार्यक्रम समपन्न

सिरहा नबराजपुर गाउँपालिकामा पत्रकारसंग शुभकामना आदानप्रदान कार्यक्रम समपन्न

सिरहाको दक्षिण वर्ति गाउँपालिका नबराजपुरले सिरहाका पत्रकारहरुसंगको भेट्घाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली हरुले मनाउने गरेको मुख्य चाड दशैं , दिपावली तथा छठ पर्व तराईमा भव्यताको साथ मनाउने गरेको छ । नेपालमा यो पर्वहरु पुस्तौ पुस्तौंदेखि मनाउने पर्व हो ।

नेपाली नागरिकले दशैंलाई मुख्य पर्वको रूपमा लिने गरेको छन  । यस वर्ष नेपाल लगायत विश्वका सम्पुर्ण देशहरुमा फैलिएको कोरोना भाईरसको संक्रमण एक अर्कामा सर्न नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेका थियो । जनसमुदायमा सामाजिक दुरी काएम गरी चाडपर्व मनाउन गाउँपालिका अध्यक्ष बिश्वमोहन यादवले अनुरोध गरेका छन । हिन्दूहरुको महान चाड वडादशैं दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा यादवले सम्पूर्ण नेपाली दाजु ,भाई ,दिदी बहिनी,आमा बुबाहरुमा २०७७ सालको शुभकामना व्यक्त गरेका छन् ।

उक्त शुभकामना अदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य देब कुमार यादव ,सिरहा साखाका सभापति दिनेश्वर प्रसाद गुप्ता लगायत गरि करिब तीन दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागी पत्रकारहरुलाई प्रति ब्यक्ती प्रेस ज्याकेट १ पिस माक्र्स, १ पिस,हात धुने साबुन २ पिस गरि वितरण गरी शुभकामना अदान प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुशयैत यादवले जानकारी दिनभयो । किसानका समस्या र गाउँ पालिका भित्र रहेको बाटोको समस्या शिक्षा स्वास्थय को समस्या लगायतका विषयमा छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार