२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ आज बिहिबार २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ३८ हजार ९५२

आज बिहिबार २३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ३८ हजार ९५२

नेपालमा थप २३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल २३ सय ६४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ६४ हजार ७१८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख २४ हजार ८२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७५.८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ७६९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख १९ हजार ६४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ६८९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३८ हजार ९५२ रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३०४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार