२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ मोटरसाइकल दुर्घटना परि डाक्टरको मृत्यु

मोटरसाइकल दुर्घटना परि डाक्टरको मृत्यु

कपिलवस्तु जिल्लाको कपिलवस्तु न.पा.८ दोहोनिमा मोटरसाइकल अनियन्त्रित भै पल्टिदा एक युवकको मृत्यु भएको छ।  लु ४१ प ५५४७ नं. को मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिन जाँदा चालक मायाँदेवी गा.पा.१ पकडि बस्ने २२ बर्षीय डाक्टर यादव घाइते भएका थिए। उनि संगै मोटरसाइकलमा पछाडी बस्ने २५ बर्षीय बिरेन्द्र यादवको टाउकोमा चोट लागेको थियो।

 

भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मुख,टाउकोमा चोटलागेका डाक्टर यादवको मृत्यु भएको थियो । हिजो राति ९ बजे तिर भएको दुर्घटनामा घाइते अर्काको अहिले सोहि अस्पतालमा उपचार भैरहेको छ।  घट्ना के कसरि भयो भन्ने बारेमा अनुसान्धान भैरहेको छ भने दुर्घटना भएको मोटरसाइकल नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको भनाइ छ।

@tilottamacitynews

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार