२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ पूर्व सभामुख महरा पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन

पूर्व सभामुख महरा पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन

कोरोना भाइरस संक्रमणका कारण पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको आज (बुधबार) बिहान मृत्यु भएको हो । कात्तिक १५ गतेदेखि भेन्टिलेटर उपचाररत उनको आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ । सीता महरा माइस्थेनिया रोगबाट १० वर्षदेखि पीडित थिइन् ।

दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । महरा सभामुख रहेका बेला प्रेस सल्लाहकार रहेका डिल्ली मल्लले भने, ‘माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि उहाँले कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नु भएको थियो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार