२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ तिलोत्तमा नगरपालिकाको सम्पूर्ण प्रशासनिक काम अब आफ्नै नयाँ भवनबाट

तिलोत्तमा नगरपालिकाको सम्पूर्ण प्रशासनिक काम अब आफ्नै नयाँ भवनबाट

तस्बिर – मोहन न्यौपाने

तिलोत्तमा नगरपालिकाले नयाँ निर्माण गरिएको प्रशासनिक भवन कुञ्जलापुरबाट सेवा प्रवाह सुरु गरेको छ । नगरपालिकाले दिने सेवा प्रबाहलाइ नक्सा शाखाको काम अलिक अगाडी बाट भएपनि अन्य शाखाको काम पुरानै भवनबाट भैरहेको थियो तर मंगलबारबाट सबै शाखा सरेपछि अहिले सबै सेवा प्रबाह नयाँ भवनबाट सुचारु गरिएको हो । नया भवन निर्माण सकिएसंगै तत्काल सेवा सुरु गरिएपनि भवनको औपचारिक उदघाटन भने कोरोना महामारीको त्रास हटेपछि मात्र गरिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारि दिए।

 

उनले हाल चारतले बनेको आधुनिक भवनमा लिफ्टको काम मात्र बाकि छ। आधुनिक शैलीमा निर्माण गरिएको भवन बालबालिकामैत्री, अपाङ्ग मैत्री, बृद्दबृद्धामैत्री रहेको र सेवाग्राहीलाई सेवा लिन सहज हुने उनको भनाइ छ। नगरपालिकाको बिभिन्न बिषयगत शाखाका सेवाहरु एकै भवनबाट प्रवाह हुनेछ । भवनमा लिफ्टको व्यवस्था, सभाकक्ष, बैठक कक्ष, न्यायसम्पादन कक्ष लगायत पर्याप्त सुबिधा रहनेछ । नगरपालिकाले शुरुमा व्यक्तिगत भवनबाट आफ्नो यात्रा शुरु गरेसंगै पछिल्लो समय सानाकिसान कृषि सहकारी सस्था मणिग्रामको भवन कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार