२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत : नेता भरत कुमार शाह

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत : नेता भरत कुमार शाह

सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन् ।
उनले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

“तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।“ सरकारको यो निन्दनीय व्यवहारको भ्रत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न सरकारलाई चेतावनी दियका छन ।

उनले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा पौडेलमाथिको घटना भएको भन्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार