गृहपृष्ठ गजल
गजल
कतै देख्यौ भनेपनि मलाई घिन लाग्छ होला ।
तिमी जस्तै बन्न म त धेरै दिन लाग्छ होला ।।
भोको यही पेट भर्नलाई मजदुरी गर्छु अचेल,
झुपडीको गरीब न परे कठै रिन लाग्छ होला ।।
गरीब छु र त मजबुरी छु अनि म बिवश छु,
विचार गर है त भ्रष्ट हो साढेतीन लाग्छ होला ।।
झुटको खेती गरि लुट्यौ जनताका भोटहरु,
भ्रष्टेहरुलाई हाम्रो श्राप छिनछिन लाग्छ होला ।।





