२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा स्कुटर चालकको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा स्कुटर चालकको मृत्यु

बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ । लुम्विनी प्रादेशिक अस्पतालको आकस्मिक प्रवेशद्वार अगाडि राजमार्गमा बुधबार मध्यान्ह १२ बजेतिर भएको उक्त दुर्घनामा बुटवल ८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको हो ।

बुटवलको राजमार्ग चौराहबाट नेपालगन्जतर्फ जाँदै गरेको ना७ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा शर्माको घटनास्थलमै ज्यान गएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार