२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ बाजुराका १४ जनामा कोरोना पोजेटिभ, अझै अरु रिर्पोट आउन बाँकी

बाजुराका १४ जनामा कोरोना पोजेटिभ, अझै अरु रिर्पोट आउन बाँकी

बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका १४ जनामा कोरोना पोजेटिभ देखीएको छ । बडिमालिका नगरपालिकाले स्वाव संकलन गरि पठाएको र धनगढी स्थित सेती प्रादेशीक परिक्षण केन्द्रमा गरिएको परिक्षणमा १४ जनामा कोरोना देखीएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताएका छन् ।

जम्मा २ सय ४८ जनाको स्वाव संकलन गरि धनगढी पठाएका मध्य केहीको परिक्षण हुन बाँकी रहेको र केहीको गरिएको परिक्षणमा १४ जनामा कोराना पोजेटिभ देखीएको स्वास्थ्य संयोजक खड्काले जानकारी दिएका छन् । बडिमालिका नगरपालिकाका भित्र रहेका कार्यालयका कर्मचारी बिद्यार्थीहरु लगायतको स्वाव संकलन गरि पठाएको उनले बताए ।

मसिंर ३० गते स्वाव संकलन गरि पठाएका हरु मध्य ३ महिला र ११ पुरुष गरि १४ जनाको रिर्पोट पोजेटिभ देखीएको बताएको बाकीको रिर्पोट आउन बाकी रहेको स्वास्थ्य संयोजक खड्काले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार