२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ अनेरास्ववियु ज्ञवा माध्यमिक विद्यालयद्वारा मृगौला पिडित जमुना वि.क बचाउ अभियान सुरु

अनेरास्ववियु ज्ञवा माध्यमिक विद्यालयद्वारा मृगौला पिडित जमुना वि.क बचाउ अभियान सुरु

अनेरास्ववियु ज्ञवा माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा न.४ गुल्मीले एक मृगौला पीडित महिलाको लागि  बचाउ अभियान सुरु गरेको छ।जिल्लाको छत्रकोट गाउँपालिका वडा न. ४ बाँसखर्ककि सोही विद्यालयमा कक्षा ८ मा अध्यनरत सरोज वि.क कि ४१ बर्षिय आमा जमुना वि.क को दुवै मृगौलाले काम गर्न छोडेपछि विगत १ बर्षदेखी उनि  गौतम बुद्द सामुदायिक अस्पताल बुटवलमा उपचारार्थ छिन् ।

परिवारको आर्थिक स्थिति कमजोर भएको थाहा पाएपछि अनेरास्ववियु ज्ञवा माविले जमुना वि.क बचाउ अभियान सुरु गरेको कमिटिका अध्यक्ष रन्जित ज्ञवालीले बताए । विभिन्न सहयोगी मनहरुबाट सहयोग रकम प्राप्त हुँदै गएको बताउँदै आजसम्म करिब पन्ध्र हजार रकम उठिसकेको उनले बताए ।कमिटीले विभिन्न माध्यम बाट मृगौला पीडित वि.क लाई सहयोगको लागि अपिल गरेको छ।

सहयोगको लागी

राधा ज्ञवाली e sewa  – 9869206868

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार