२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ आगामी वैशाखपछि ओली प्रधानमन्त्री रहँदैनन्, पत्तासाफ हुन्छन् : पुष्पकमल दाहाल ‘प्रचण्ड’

आगामी वैशाखपछि ओली प्रधानमन्त्री रहँदैनन्, पत्तासाफ हुन्छन् : पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी र उनको पत्तासाफ हुने बताएका छन् ।

ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ‘कतिपय मानिसहरुलाई कम्युनिष्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यो दुस्वप्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।’

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’ छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।

प्रचण्ड अघि भने, ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार