गृहपृष्ठ राष्ट्रपति भण्डारीले संबिधानको रक्षा गर्न नसक्दा देश दुर्घटनामा जाने खतरा : नेता पाण्डे
राष्ट्रपति भण्डारीले संबिधानको रक्षा गर्न नसक्दा देश दुर्घटनामा जाने खतरा : नेता पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डेले प्रधानमन्त्री ओलीको स्वइच्छाचारिता र गतल कार्य गदै जादा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको रक्षा गर्न नसकेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा र पालना गरी पदको मर्यादा नराख्न सक्दा देश दुर्घटनामा जान सक्ने खतरा बढेको पाण्डेले बताए । मंगलबार बिहान नेपाल प्रेस यूनियन बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले यस्तो बताएका हुन ।
राष्ट्रपतिले संसद विघटन घोषणा गर्दा सोच विचार र सल्लाह बिनै काम गर्दा देश संकटमा पर्न लागेको बताए तर देशलाई नेपाली कांग्रेसले संकटमा पर्न नदिने बताए । राष्ट्रपति भण्डारीले संसद बिगठन घोषण गर्नु पूर्ब संविधानविद, सल्लाहकार र विपक्षी दलका नेतासंग परामर्श लिएको भए यो परिस्थिती नआउने उनले बताए । अहिले पार्टीले आलोचना गर्नु नै दुःख लागेको उनको भनाई छ ।
उनले संसद विघटनको अन्तिम विकल्प अदालत भएकाले सम्मानीत अदालतले देशको हितका लागि न्ययिक निर्णय गर्ने छ भन्ने नेपाली कांग्रेस विश्वस्त रहेको बताए ।
राष्ट्रपतिले घोषणा गरेको बैशाखमा तोकीएको निर्वाचन हुन नसक्ने बताए । निर्वाचन लागी देशले आर्थिक भारनै थेग्न नसक्ने पाण्डेले बताए ।
अहिले कोरोना महामारीका बेला बेरोजगारी बढ्दै गएको बजेट विनाको तयारी र राजस्वमा गिरावट आउन थालेकोले निर्वाचन कुनै हालतमा सम्भव नहुने पाण्डेको भनाई रहेको छ ।
संविधान रक्षाका गर्नका लागी पार्टी एक हुनुपर्ने बताए । पार्टीले एकै धारणा बनाएर सडकमा जनतालाई सुसुचित गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
पत्रकार सम्मेलनमा पाण्डेले जनतालाई काँग्रेसको विचार दृष्टिकोण दिन आवश्यक रहेको छ । जागरणका लागी पार्टी ५३ वटै स्थानीय तहमा जाने दाबी गरे । जागरणले पार्टी जनतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
@बडिमालिका खबर






