२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ बुढिगंगा नदिमा बन्यो गाडी गुड्ने काठेपुल

बुढिगंगा नदिमा बन्यो गाडी गुड्ने काठेपुल

बडिमालिका नगरपालिकाले साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा गाडी गुड्ने काँठेपुल निर्माण गरेको छ । बेलिब्रिज निर्माणमा अलि ढिला हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिनी टाटा ट्रक , वाइक गुडने गरि काँठेपुल निर्माण गरेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।

मार्तडीसम्म यातायात सञ्चालनसँगै सामान ढुवानीमा सहजका लागि काँठेपुल निर्माण गरेर मंगलवारबाट सञ्चालनमा ल्याएको बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विकले बताएका छन् । काँठेपुल निर्माणमा बेलिब्रिज निर्माण गरिरहेको डोजरलाई पनि प्रयोग गरिएको थियो, अन्य ब्यबस्थापन नगरपालिकाले गरेको विकले बताए ।

साउन २५ को बाढिले बेलिब्रिज बगाउदा सदरमुकाम मार्तडी सम्मको सम्पर्क बिच्छेद भएको थियो । खोलामा पुल नहुँदा मार्तडी सम्म जिप सञ्चालनमा आउन सकेका थिएन्, खोलामा गाडि गुड्ने काँठेपुल निर्माण भएपछि सदरमुकाम सम्म नियमित गाडि चल्ने भएको स्थानिय कालु नाथले वताएका छन् । बस भने साँफे मार्तडी सडक खण्डको बल्धे सम्म मात्र सञ्चालनमा रहेका छन् । खोलामा काँठेपुल बनेपछि जिल्ला अस्पताल बाजुरा बाट रिफर गरेका बिरामीलाई सिधै जिल्ला बाहिर लिन सहज भएको छ ।

खोलामा काँठेपुल बनाउदा अब सिधै मार्तडी सम्म गाडिमा पुग्ने भएको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताए । बिच बिचमा गाडि फेर्नुपर्ने झन्झट हुन्थ्यो, अब भने सहज भएको शाहले थपे । बेलिब्रिज निर्माण कार्य शुरु भएपनि केही समय लाग्ने भएको छ । बेलिब्रिज निर्माण M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali  ले पाएको थियो ।बेलिब्रिज निर्माण कार्य शुरु भइसकेको छ, माघ महिनाको मसान्त सम्म काम सम्पन्न गरीसक्ने सडक डिभिजनले वताएको छ ।साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज बगाएको थियो ।

नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । साउन २५ को बाढीले बाजुरामा बाढीले बेलिब्रिजसँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरानै क्षेदबिच्छेद बनाएको १ हप्ता पछि संघिय सरकारका गृह मन्त्रि राम बहादुर थापा, पुर्व मन्त्रि कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रिको टोलीले अनुगमन गरेको थियो । त्यसको केही समयमा सुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्ट सहितको टोलीले बाढीपहिरो अबस्थाको अध्यन गरेको थियो ।
बेलिबिज्र बगाएको ठाँउमा असोज महिनामा नेपाली सेना, प्रहरी र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो ।

@बडिमालिका खबर

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार