गृहपृष्ठ पश्चिम् नवलपरासी नेकपाका नेता दिपेन्द्र यादवसहित ४५० जना काँग्रेसमा प्रवेश
पश्चिम् नवलपरासी नेकपाका नेता दिपेन्द्र यादवसहित ४५० जना काँग्रेसमा प्रवेश
नेपाली कांग्रेस जिल्ला कार्य समिति पश्चिम् नवलपरासीले “४५औं राष्ट्रियता एकता तथा मेलमिलाप दिवस” भव्यताका साथ मनाएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आथित्य एवम् जिल्ला सभापति बिष्णु पौडेलको सभापतित्वमा सम्पन्न उक्त सभामा नेकपा नवलपरासीका जिल्ला सदस्य दिपेन्द्र यादव र मजमुल्लाह चुरिहार सहित अन्य राजनैतिक दलबाट समेत गरि ४५० जना बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई प्रमुख अथिति कंडेल र सभापति पौडेलले फूलमाला लगाएर स्वागत गर्दै कांग्रेसको सदस्यता प्रदान गरेका थिए । पश्चिम् नवलपरासीको हकुइमा नेपाली काँग्रेस नवलपरासी (बसुप) द्वारा आयोजित “४५औं राष्ट्रियता एकता तथा मेलमिलाप दिवस” को अवसरमा “पार्टी प्रवेश कार्यक्रम” नेपाली काङ्ग्रेसकक केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री प्रतिनिधी सभा सदस्य मा. देवेन्द्र राज कण्डे ज्यूको प्रमुख आतिथ्यता र जिल्ला सभापती बिष्णु पौडेल ज्यूको सभापतित्व तथा जिल्ला पदाधिकारी/ नेतृत्व बर्ग ,निर्वाचित जन प्रतिनिधि/प्रमुख/उपप्रमुख,वडा सभापति तथा जिल्ला नेता कार्यकर्ता को उपस्थितिमा नेकपा नवलपरासीका जिल्ला सदस्य “दिपेन्द्र यादव” सहित अन्य राजनैतिक दलबाट समेत गरि ४५० जना बढी नेपाली काँग्रेसमा प्रवेश भएका छन ।









