२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ कर्मठ एक युवा बनि हातेमालो गर्दै अब

कर्मठ एक युवा बनि हातेमालो गर्दै अब

देश र यही माटोको सुरक्षा गर्नु छ मैले,

आमाबाबाको मनभरी आशा भर्नु छ मैले ।।

 

 कर्मठ एक युवा बनि हातेमालो गर्दै अब,

छिट्टै नै शान्तिको मिठो सन्देश छर्नु छ मैले ।।

 

त्यही अन्धविश्वासको कालो पर्दा चिर्नलाई,

 ती गाउँ बस्तीका दिल-दिलमा तर्नु छ मैले ।।

 

 केही राम्रो काम गरुँ जो अरुले गर्व गरुन्,

 अनि त्यस पश्चात् क्षितिज पारी सर्नु छ मैले ।।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार