गृहपृष्ठ नेपाल मानव अधिकार संगठनको ९ औं जिल्ला समेलन सम्पन्न
नेपाल मानव अधिकार संगठनको ९ औं जिल्ला समेलन सम्पन्न
सिरहाको लहानमा नेपाल मानव अधिकार संगठनको नवौ जिल्ला अधिबेशन सम्पन्न गरेको छ । २०४५” सालमा दर्ता भई कार्य संचालनमा आएका हुन । तकालिन संस्थाको संस्थापक अध्यक्ष ऋषि कुश साह रहनुभएको थियो । नेपाल मानव अधिकार राष्ट्रिय आयोग भन्दा करीब १२ बर्ष अगाडि दर्ता भई जेठो संस्थाको रूपमा चिनिएका छन् ।
लहान स्थित भएको जिल्ला अधिबेशन कार्यक्रम संगठनका केन्द्रिय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा संगठनका केन्द्रिय अध्यक्ष महामुनेश्वर आचार्य रहनुभएको थियो । जनता समाजबादी पार्टीका स्थानीय नेता दिनेश महतो , नेतृ ललिता दास, युवा नेता ललित महतो , राजा राम महतो , प्रमोद कुमार महतो लगायतका सयौं नेताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नयाँ कार्यसमिती समेत चयन गरिएको छ ।
संगठनका प्रदेश नम्बर २ का प्रदेश प्रमुख शंकर प्रसाद श्रेष्ठको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । मानव अधिकार कर्मि रामान्द गुप्ता ,बिजय महतो ,मनिषा श्रेष्ठ ,संन्तोशि बिश्वकर्मा ,मन्जु चौधरी, पुनम चौधरी, मन्जु दास , प्रतिभा चौधरी,महेश कुमार महतो लगायतका अधिकार कर्मिहरुको उपस्थिति रहेको थियो। नयाँ कार्य समितिमा स्थानीय जनता समाज बादी पार्टीका लहान नगर समितिका उपाध्यक्ष चंन्द्रनारायण कुशवाहा लाई सर्ब सहमतिले चैन गरेका छन् । कुशवाहालाई जिल्ला पदाअधिकारी तथा सभापतिको जिम्मेवारी नेपाल मानव अधिकार संगठनले एक कार्यक्रम बिच दिइएको छ ।
यो पनि हेर्नुहोस :









