२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ गत २४ घन्टामा नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

गत २४ घन्टामा नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४०३ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६२ हजार २६२ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ५९४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५५ हजार ८८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४०१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ५२ हजार ९०३ पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ५ हजार २८९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८८५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।७१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार