२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ जिर्ण बनेको नारायणगढ–बुटवल सडकखण्ड : मर्मतमा चासो दिएन चाईना स्टेट कम्पनीले

जिर्ण बनेको नारायणगढ–बुटवल सडकखण्ड : मर्मतमा चासो दिएन चाईना स्टेट कम्पनीले

जिर्ण बनेको नारायणगढ–बुटवल सडक खण्ड मर्मत नहुदा यात्रुलाई सास्ती हुँदै आएको छ । तर अझै पनि र्ममतको काम हुन सकेको छैन् । सडक विस्तारको जिम्मा पाएको चाईना स्टेट कन्स्ट्रक्सनले सडक मर्मत सम्भार गर्नूपर्ने भएपनि उसले मर्मतमा चासो नदिँदा सडक जिर्ण बन्दै गएको छ ।

विशेष गरी दाउन्ने खण्डमा ठूला–ठूला खाल्डाखुल्डीका कारण सवारी संञ्चालनमा कठिनाई हुँदै आएको छ । धुलो धेरै उड्न थालेपछि अहिले सडकमा ट्याङकर मार्फत पानी हाल्ने गरिएपनि मर्मतको कुनै काम भएको छैन् । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्र्तगत पश्चिम खण्डका सुचना अधिकारी युवराज पाण्डेले सडक मर्मतको जिम्मा चाईना स्टेटकै भएपनि मर्मत नगरेको बताउनुभयो । सोमबार मात्रै भएको मासिक बैठकमा ठेकेदार कम्पनीलाई सडक मर्मत बारे ध्यानआर्कषण गराईएको बताउँदै उहाँले अब छिट्टै मर्मतको काम सुरु गर्ने ठेकेदार कम्पनीको तयारी रहेको बताउनुभयो ।

स्रोतका अनुसार सडक मर्मतको जिम्मा आफुहरुको नभएको भन्दै चाईना स्टेट पन्छिदै आएको छ । केही स्थानमा समान्य मर्मत गरेपनि पहिरोले भत्काएका सडक मर्मत नगर्ने ठेकेदार कम्पनीको सोच छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार