२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आगामी जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् ।
नेपालमा संसद विघटनपछि राजनीतिक रुपमा अस्थिरता उत्पन्न भएका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्शा जारी गरेपछि रहेको संवादहिनताको अवस्थालाई चिर्दै भारतबाट यसबीचमा यस बीचमा विदेशसचिव श्रींगलासहित भारतीय सेना प्रमुख र विदेश सचिव साथै रअ प्रमुखले नेपाल भ्रमण गरिसकेका छन् ।

राजनीतिक अस्थिरता र सीमा विवाद कायम रहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई भारतीय मिडियाहरुले समेत विशेष चासोका साथ प्राथमिकता दिएको देखिएको छ ।

नेपाल सरकारले भने आधिकारिक रुपमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण बारे जानकारी अझै दिएको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार