२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ दुई प्रहरी जबरजस्ती करणी मुद्धामा दोषि ठहर, कैद सजायको फैसला

दुई प्रहरी जबरजस्ती करणी मुद्धामा दोषि ठहर, कैद सजायको फैसला

बालात्कारमा संलग्न दुई प्रहरीलाई जिल्ला अदालत पश्चिम नवलपरासीले दोषि ठहर गर्दै कैद सजायको फैसला सुनाएको छ । लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङ्गका २३ वर्षिय पटेश्वरी यादव र डडेल्धुराका २५ वर्षिय प्रेम खड्कालाई जबरजस्ती करणी मुद्धामा दोषि ठहर गर्दै कैद सजायको फैसला सुनाएको हो ।

न्यायधिस अशोक कुमार बस्नेतको ईजलाशले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय फैसला भएको अदालतका श्रेस्तेदार प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो । दुवैले सुनवलमा घासपात गर्न आएका १५ वर्षकि बालीका र १८ वर्षकि युवतिलाई जबरजस्ती करणी गरेको आरोपमा गत वर्षको जेठमा मुद्धा दायर भएको थियो । उनिहरुलाई जिल्ला कारागार परासी चलान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार