गृहपृष्ठ महेशपुर भन्सारको स्तर उन्नति नहुँदा गाडीको जामै जाम : आम जनतालाई सस्ती
महेशपुर भन्सारको स्तर उन्नति नहुँदा गाडीको जामै जाम : आम जनतालाई सस्ती
पश्चिम् नवलपरासी पर्ने एक मात्र मुल भन्सार महेशपुर भन्सारको स्तर उन्नति नहुदा करिब १ किलोमीटरको गाडीहरुको जामले जनतालाई सस्ती भएको छ । सिमा नाका देखी भन्सार कार्यालय सम्मबाट साङरो भएकोले एक तर्फ गाडी पार्किङ गर्दा एक तर्फी बाटो मात्र सन्चालन हुने भएका कारण जनतालाई आवतजावतमा समस्या हुने तथा दुर्घटनाको बढी सम्भावना रहेकोले गुनासो गरेका छन् ।

दुई वर्ष पहिला अर्थात २०७५ साल साउन १ गतेदेखी मुल भन्सारको रूपमा परिणत भएतापनि हाल सम्म कुनै स्तर उन्नतिको काम हुन सकेको छैन । मुल भन्सारको रुपमा परिणत हुँदा सुर्य चिन्ह प्रयोग गरि चुनाव जितेका स्वतन्त्र उमेदवार तथा नेपाल सरकारका स्वास्थ मन्त्री हृदयेश त्रीपाठी तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेल लगायत नेकपा तथा नेपाली काङ्ग्रेसका दुबै नेताकार्यकर्ताले आफ्नो हक दाबी तथा पहलमा भएको हो भन्ने कुनै कसर छोडेका थिएनन् ।
तर हाल स्तर उन्नतिका लागी कुनै पक्षले चासो नलिएको जनताहरुले गुनासो गरेका छन । बाटोमै गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेकाले स्थानीयले गुनासो गरेका छन ।





