गृहपृष्ठ पाल्हिनन्दनका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण
पाल्हिनन्दनका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका २० जना कृषकलाई पानी तान्ने मोटर तथा पाइप वितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिका वडा नं. ४ र ५ वडाका अति गरिब तथा विपन्न कृषकलाई इन्द्रेणी सामाजिक बिकास मंचको आयोजना तथा युनाइटेड मिसन नेपाल , अस्ट्रेलियन एड , ट्रन्सफर्म एडको सहयोग तथा पाल्हिनन्दन गाउपालिकाको सवन्यमा बितरण गरिएको छ ।
पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) गुप्ताको अध्यक्ष्ाता तथा इन्द्रेणी सामाजिक बिकास मंच व्यवस्थापन समितिका सदस्य चेतनरायण भण्डारी, कृषि शाखा प्रमुख , पत्रकार रन्जीत शर्मा , फिल्ड अधिकृत सपना श्रेष्ठ लगायतको अतिथिक्ता तथा समाजिक परिचालक सन्दीप बि०क०को सन्चालनमा २० जना गरिब पानी तान्ने मोटर तथा पाइप कृषक वितरण कार्यक्रम सम्पन्न भएको छ ।






