गृहपृष्ठ रामग्राम नगरपालिका वडा न. १६ हकुईमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
रामग्राम नगरपालिका वडा न. १६ हकुईमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
पश्चिम नवलपरासी काे रामग्राम नगरपालिका वार्ड नं १६ को हकुई टोलमा बालमैत्री नगर निर्माणका लागि वडामा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएकाे छ ।
रामग्राम नगरपालिकाकाे आयोजना तथा मैत्री समाज नेपालको सहजीकरणमा गरिएको कार्यक्रम रामग्राम हकुई बडकि टोल बिकाश सस्थाका अध्यक्ष शैलेन्द्र चाैधरी अध्यक्ष्तामा तथा नगरपालिका वार्ड नं १६ को वडा अध्यक्ष भगवान प्र.थारूकाे प्रमुख अतिथिय्ता तथा कुवरवती टोल विकाश सस्थाका अध्यक्ष रामनारायण यादव , आनन्द बहुमुखी सहकारी सस्थाका अध्यक्ष रामषण चाैधरी , साना किसान कुषि सहकारी सस्था सन्चालक समितिका अध्यक्ष तिथदेवी चाैधरी तथा पत्रकार ज्ञानेश्वर सहानी लगायत व्यक्तिको अतिथिय्ता रहेको थियो भने समाजिक परिचालक निलम यादवले कार्यक्रम सन्चालन गरेकी थिइन । रामग्राम नगरपालिकाले फाल्गुनसम्म नगरपालिकालाई बालमैत्री घोषणा गर्न योजना अनुरुप काम गरिरहेको छ ।





