गृहपृष्ठ बाल मैत्री स्थानीय शासन सम्बन्धि वडास्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
बाल मैत्री स्थानीय शासन सम्बन्धि वडास्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न १६ को वडा बाल क्लब सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका को सहयाेगमा मा बाल मैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
वडा स्तरिय बाल क्लबका अध्यक्ष बिन्दबासिनी पाण्डे काे अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भगवान थारु काे प्रमुख आतिथ्यतामा हाजिरी जवाफ प्रतियाेगिता सुरु भएको हाे । कुवरवती टोल बिकाश सस्था का अध्यक्ष रामनारायण यादव , जय मा दुर्गा टोल विकास सस्था का अध्यक्ष दिपेन्द्र पाण्डे , जय मा दुर्गा टोल विकास सस्था का कोषाध्यक्ष कान्ति चाैधरी , हकुई बणकि टोल बिकास सस्था का सचिव प्रकास चाैधरी , हकुई बणकि टोल बिकास सस्था का अध्यक्ष शैलेन्द्र चाैधरी , रामग्राम नगरपालिका वडा नं. १६ का वडा सदस्य कमलावती हरिजन ,रामग्राम नगरपालिका वडा नं. १६ का वडा सदस्य इन्दु प्रसाद चाैधरी , रामग्राम नगरपालिका वडा नं. १६ का वडा सदस्य सुबास गुप्ता तथा पत्रकार ज्ञानेश्वर सहानी लगाएतले शुभकामना ब्यक्त गर्नुभएको हाे ।

प्रतियाेगितामा नवलपरासी रामग्राम नगरपालिका वडा नं१६ का १० वटा बाल क्लब टिमको सहभागीता रहेको थियोे। भने प्रथम पुरस्कार सुर्य बाल क्लब , दाेस्राे पुरस्कार तुरिया बाल क्लब , तेस्रो पुरस्कार कोपिला बाल क्लब तथा चाैथाे पुरस्कार हकुई बणकी टोल बाल क्लब भएको थियो भने समाजिक परिचालक निलम यादव ले कार्यक्रम सन्चालन गरेकी थिइन ।





