२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ प्रथम भईन प्रधानमन्त्री ओलीकी छोरी

प्रथम भईन प्रधानमन्त्री ओलीकी छोरी

गत बर्ष प्रधानमन्त्री के.पी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी मुगु किम्रीकी ठिल्लेसाङ्मु लामा ८३ प्रतिशत लिएर कक्षा १ मा प्रथम बनेको खबर आजको कान्तिपुरले छापेको छ । उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन ।

परिवारमा कोही साक्षर छैनन् । विद्यालयबाहेकको समयमा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छन् । पानी भर्ने, गाईबस्तु चराउने, वनपाखामा च्याउ टिप्नेलगायत काम गर्छिन् । गत बर्ष वैशाख १ गते रारा आएका प्रधानमन्त्री, शिक्षामन्त्री, पर्यटनमन्त्री र कर्णाली प्रदेश मुख्यमन्त्री लगायतले जिल्लाका १७ बालबालिकालाई विद्यालय भर्ना गराएका थिए । @sabalpost

यो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार