२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ के तपाइलाई निन्द्रा लाग्दैन यदि लाग्दैन भने यसो गर्नुहोस

के तपाइलाई निन्द्रा लाग्दैन यदि लाग्दैन भने यसो गर्नुहोस

अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या आइरहेको  छ । ओछ्यानमा पल्टिएर मोवाइल चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने निन्द्रा कचपचिने जस्ता समस्या देखिदै आएको छ । यसरी निन्द्रा नपर्नाले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा पर्दछ । तसर्थ मानिसले दैनिक औसत ७ देखि ८ घण्टासम्म सुत्नुपर्दछ । आउनुहोस चर्चा गरौँ निन्द्रा नपर्ने समस्याका केहि समाधानका बारेमा ।

१. बेलुका ओछ्यानमा जानु १ घण्टाअघि अनिवार्य रुपमा मोवाइल, ल्यापटप, कम्प्युटर एवम् टेलिभजन बन्द गर्नुहोस् ।

२. ओच्छ्यानमा सुत्न त्यसबेला मात्र जानुहोस्, जब तपाईंलाई मज्जाले निन्द्राले च्याप्छ ।

३. ओछ्यानमा पल्टिसकेपछि आखाँ बन्द गरेर सुत्ने प्रयाश गर्नुहोस्, जागै नबस्नुहोस् ।

४. यदि ओछ्यानमा पल्टिएको २५ मिनेटसम्म पनि निन्द्रा नलागेमा उठेर आफूलाई अल्छी लाग्ने काम गर्न थाल्नुहोस् ।

५. राती निन्द्रा नपर्ने समस्या भएकाहरुले भुलेर पनि दिउँसो सुत्ने बानी बसाल्नु हुदैँन ।

६. आफूले सुत्ने र उठ्ने समय तालिका नियमित एकै समयको पार्नुहोस् ।

७. ओछ्यानमा जानुअघि ६ घण्टा पहिलेदेखि कफी, मदिरा र निकोटिनको प्रयोग नगर्नुहोस् ।

८. साँझको खाना खाइसके पश्चात सामान्य काममा व्यस्त हुनुहोस् ।

९. भोको पेट वा धेरै खाएमा पनि राम्रो निन्द्रा पर्दैन यसर्थ खाना ठिक्क मात्र खानुहोस् ।

१०.  सुतेको समयमा फोनमा कुराकानी गर्ने बानी त्याग्नुहोस् ।

यो पनि हेर्नुहोस :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार