गृहपृष्ठ कांग्रेसको प्रचण्ड–नेपाल नेतृत्व (नेकपा) की नेतृ झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग
कांग्रेसको प्रचण्ड–नेपाल नेतृत्व (नेकपा) की नेतृ झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग
नेपाली कांग्रेसले प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले घटनाको संयमपूर्वकता समाधान गर्न अपिल गर्दै नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको हो ।
“अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन् । यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ,” प्रवक्ता विश्वप्रकश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपिल गर्दै नेकपाकी नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ ।”
कांग्रेसले संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाका दुबै पक्षलाई आग्रह पनि गरेको छ ।
“संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुबै थरीलाई आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, ‘साथै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं ।”





