२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइको बुद्दको मुर्तिलाई भैरहवामा भव्य स्वागत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइको बुद्दको मुर्तिलाई भैरहवामा भव्य स्वागत

भैरहवा,६ कार्तिक । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमूल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा नगर परिक्रमा गराइएको छ।

म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा आइपुगेको उक्त मूर्तिलाई शनिबार भैरहवा र लुम्बिनी क्षेत्रका व्यवसायिक संघसंस्थाहरूले भव्य स्वागत गर्दै नगर परिक्रमा गराएका हुन्। सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा तथा विभिन्न संघ संस्थाहरूको अगुवाईमा भैरहवा भन्सार परिसरबाट शोभा कलश यात्रा गरी उक्त बुद्धमूर्तिलाई आँखा अस्पताल, देवकोटा चोक, मिलन चोक, नारायण पथ हुँदै बुद्धचोकबाट लुम्बिनीतर्फ पठाइएको हो।

उक्त बुद्धमूर्तिलाई लुम्बिनीबाट पुनः विमानस्थल ल्याएर राखिने छ। बहुमूल्य पत्थर ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धमूर्ति साढे २ अर्ब मूल्य बराबरको छ। म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनलाई उक्त बुद्धमूर्ति उपलब्ध गराएको थियो। फाउण्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न नेपाल ल्याएको हो।

ncell in एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइ रहेको बुद्धमूर्तिको तौल १ हजार ८ सय किलोग्राम रहेको छ। विमानस्थलमा राखेपछि आगामी कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम तय भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार