२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ एमाले दशौँ महाधिवेशन : करोड भन्दा बढी खर्च हुने अनुमान प्रतिनिधि पाहुना लागि ३५ सय बेड

एमाले दशौँ महाधिवेशन : करोड भन्दा बढी खर्च हुने अनुमान प्रतिनिधि पाहुना लागि ३५ सय बेड

काठमाडौं ।

नेकपा एमालेको दशौँ महाधिवेशन क्रममा पार्टीको बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएको छ ।एमाले महाधिवेशनमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ

नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि भनेर ३५ सय बेड छुट्याउन क्षेत्रीय होटल सङ्घ सौराहासँग सम्झौता गरिसकेको छ । उनीहरूका लागि कोठाका साथै ब्रेकफास्ट र दुई छाक खाना सम्बन्धित होटलमै र बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने तयारी पार्टीको छ ।

सौराहाका होटल व्यवसायीहरूको आकलनमा महाधिवेशन अवधि मंसिर १० देखि १२ गतेसम्म एमालेसम्बद्ध करिब ७ हजारभन्दा धेरै सौराहामा रहने छन् । सौराहाका होटलको क्षमता भने करिब ६ हजार ५ सय जनालाई राख्न सक्ने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार