२०८३ असार २३ गते मंगलवार | July 07, 2026

गृहपृष्ठ बन्द सदाका लागि रोक्न बुटवलमा अभियान सुरु

बन्द सदाका लागि रोक्न बुटवलमा अभियान सुरु

हरियाली यातायात बुटवलको आयोजनामा बन्द सदाका लागि बन्द गरौ भन्ने नारासहित अभियान थालिएको छ । खुद्रा किराना ब्यवसाय संघ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, खुद्रा ब्यवसायी संघ, हाट बजार ब्यवसायी संघको एकबद्घतामा सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि राजनितिक दलहरु बन्दलाई सधैलाई बन्द गर्नुपर्ने बताए । हरियाली यातायातका अध्यक्ष कृष्ण प्रसाद तिवारीले बन्द सदाका लागि बन्द गर्न आव्हान स्वरुप साकेतिक रुपमा कार्यक्रम गरिएको बताए ।

बुटवलमा ई रिक्सा चलाएर दैनिकि चलाउनेहरुको ठूलो संख्या रहेको उनले बताए । ई रिक्सा ब्यवसायी ज्ञानु बश्यालले इरिक्सा रुपन्देहीमा दर्ता नहुदा धेरै कठिनाई रहेको बताए । मंसिर २४ गतेसम्म बुटवलमा ८ सय २५ वटा रिक्सा दर्ताको प्रक्रियामा रहेको भन्दै यसलाई छिटोभन्दा छिटो खुलाउन उनले माग गरे। बुटवलमा चल्ने आधा रिक्सा प्रदेश २ मा दर्ता भएको तथा वार्षिक प्रादेशिक कर ५ हजार, संघ कर ३ हजार कर तिर्दै आएको उनले छ । ईरिक्सामा प्रयोग हुने ब्याट्रीको ४१ प्रतिसत कर सरकार लिदा ठूलो समस्या भएको उनले बताए। करीब रिक्साको एक सेट ब्यट्रिको ८०-९० हजार खर्च हुने र २ वर्ष वारेन्टी रहेको उनले बताए ।

कार्यक्रममा खुद्रा किराना ब्यवसाय संघका वरिष्ठ महेन्द्र प्रसाद पोखरेल, हरियालीका सचिव गोपाल रिजाल, कोषाध्यक्ष लाल बहादुर राई, अभियन्ता योगराज भण्डारी, रुद्रप्रसाद घिमिरेले वातावरणमैत्री ईरिक्सालाई सरकारबाट ब्यवस्थापन गर्नुपर्ने बताए । सडकको खराबी, ईरिक्सा बिग्रने लगायतका धेरै समस्या रहेको उनीहरुले बताए। बुटवलमा ३ वटा रिक्सा ब्यवसायी संस्थाहरु छन । बुटवलमा करिब १ हजार २ सय चलेको छ । एकहप्ता अघि भएको बन्दको क्रममा ५ वटा ईरिक्सा तोडफोड भएको उनीहरुले दुखेसो गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार