२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ भेटनरी शिक्षण अस्पताल अन्य ठाँउमा स्थानान्तरणको बिरोध

भेटनरी शिक्षण अस्पताल अन्य ठाँउमा स्थानान्तरणको बिरोध

भैरहवामा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल ( भेटेरिनरी अस्पताल ) अन्य ठाउँमा स्थानान्तरण गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन । उनीहरुले षडयन्त्रपुर्वक विभिन्न बहानामा भैरहवा क्षेत्रकै गौरव पशु अस्पताल अन्यत्र सार्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।

भेटेरिनरी अस्पतालको सम्पूर्ण संरचना तयार भइ पुर्णरुपमा सञ्चालन नभएसम्म कुनै पनि बहानामा अस्पतालको युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरिच प्रोगामको नाउमा अन्य ठाउँमा निर्माण गर्न खोज्ने र चाहने कार्य आफुहरुलाई मान्य नहुने स्थानीय कृषि क्याम्पसको विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद, कृषि र पशु विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयले यस विषयमा गरेको आफ्नो सम्पुर्ण निर्णय र अन्य नगरपालिकासंग जग्गा प्राप्तीको नाउमा भएको सहमति यथाशिघ्र खारेज गर्न माग गरे ।

पाँच वर्ष अघिनै अस्पतालको बिस्तृत अध्ययन प्रतिवेदन (डि.पि.आर.) र नक्सासमेत तयार भइसकेको अवस्थामा नेपाल सरकारबाट प्रारम्भिक वजेटको रु. तीन करोड रुपियाँ विनयोजन भइसक्दा पनि षडयन्त्रमुलक ढंगले क्याम्पस प्रशासनले एउटा सिंको नभाच्ने, बजेटलाई ‘फ्रिज’ गर्ने, भेटनरीको सातौ व्याच आइसक्दा र तीनवटा व्याच उत्तीर्ण भएर गइसक्दा पनि आजसम्म पुर्वाधार तयारीमा आँखा चिम्लेर वस्ने, अनि ‘ हलो अड्काएर गोरु चुट्ने ’ नेपाली उखानसँग मिल्ने गरी वि.एस.सी. भेटनरीको नयाँ भर्नाको लागि ‘नेपाल भेटनरी काउन्सिलले विगत दुई शैक्षिक सत्रबाट मान्यता नदिदाँ यसैको वहाना बनाई नयाँ ठाउँमा नयाँ पुर्वाधार निर्माण गरी कमिशन पचाउने यिनीहरुको खेल हो भन्ने आरोप लगाएका छन । यस विषयमा गरेको आफ्नो सम्पूर्ण निर्णय र अन्य नगरपालिकासँग जग्गा प्राप्तिको नाउँमा गरेको गोप्य कथित सहमति (एम.ओ.ई.) यथाशिघ्र खारेज गरि अन्य ठाउँका लागि हालै भएको वजेट निकासा समेत यसै पक्लिहवा कृषि क्याम्पसको खातामा रकमान्तरण नभएसम्म, यसको लिखित जानकारी नदिए सम्म स्थानीयको आन्दोलन जारी रहने बताए ।

आन्दोलनको पहिलो चरण अन्तर्गत पक्लिहवा कृषि क्याम्पस क्याम्पस प्रमुखको कार्यालयमा हाम्रो माग सम्बोधन नभएसम्म अनिश्चितकालिन तालावन्दी र पक्लिहवा कृषि क्याम्पसको स्वामित्व रहेको कुनै पनि सवारी साधन क्याम्पस हाताभन्दा बाहिर चलाउन पुर्णरुपमा बन्देज लगाइएको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार